arrow

राजमार्ग र  धनगढीमा भेटिएको बम निस्क्रिय पारियो , हतियारसहित छजना पक्राउ

logo
प्रकाशित २०७४ वैशाख ३० शनिबार
cooker_bomb.jpeg

काठमाडौं   । स्थानीय तह निर्वाचनको मौनअवधिमा प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा गरेको चेकजाँचको क्रममा छ जनालाई पक्राउ गरेको छ भने पेस्तोल खुकुरीसहितको हातहतियार नगदसमेत बरामद गरेको छ । 

खनियाबास गाउँपालिका–५ सत्यदेवीमा प्रहरीले गरेको चेकजाँचको क्रममा सोही स्थानका २६ वर्षीय युल तामाङ र २७ वर्षीय जयकुमार तामाङलाई शुक्रबार राति युएसए पेस्तोल एक थान, यसको गोली तीन थान र खुकुरी एक थानसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजीयार थारुले बताए ।
 
चेकजाँचको क्रममा फेला परेको बा७७प १९६२ नं को मोटरसाइकल र  ४१ हजार ७०० नगदसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । यसैगरी त्रिपुरा सुन्दी गाउँपालिका–१ सल्यानटारबाट चार जना पक्राउ गरेको छ । तीन खुँडासहित त्रिपुरासुन्दरी गाउँपालिका–३ का २४ वर्षीय उत्तम अधिकारी, २४ वर्षीय प्रचित अधिकारी, २२ वर्षीय प्रकाश थापामगर र ३० वर्षीय नवीन थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसैगरी नेकपा विप्लव समूहले राजमार्गका तीन ठाउँमा राखिएको बम शनिबार बिहान संयुक्त सुरक्षा फौजले निस्क्रिय पारेको जनाएको छ । सिद्धलेक गाउँपालिकाको कालुपाण्डे मार्गमा राखिएको प्रेसरकुकर बम, पृथ्वीराजमार्गको घाटबैँसीमा राखिएको सिलिन्डर बम र महादेवबेँसी नजिककै राखिएको बम सेना प्रहरी र सशस्त्र प्रहरीको टोलीले निस्क्रिय पारेको हो । 

साथै सेनाले  धनगढी उपमहानगर क्षेत्रका दुई छुट्टाछुट्टै ठाउँमा शनिबार बिहान फेला परेको बम निस्क्रिय (डिस्पोज)पारेको छ । धनगढीको व्यस्त बजार ट्राफिक चौराहामा प्रेसरकुकरमा खतरा लेखिएको अवस्थामा र मनहेरा बजारको सडक छेउमा बोराभित्र प्रेसरकुकर बम फेला परेपछि स्थानीयवासी त्रसित भएका थिए । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले निर्वाचनको विरोध गरिरहेको विप्लव मओवादीका कार्यकर्ताले आतङ्क फैलाउने उद्देश्यले यी दुई ठाउँमा बमजस्तो देखिने शङ्कास्पद वस्तु राखेको हुनसक्ने बताए । 

बम भेटिएको सडकमा प्रहरीले सतर्कता अपनाउँदै बम निस्क्रिय पारिएपछि अहिले यातायात आवागमन सुचारु भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ