मन्त्रिपरिषद् वैठक : २ नम्बर प्रदेशमा स्थानीय तहको संख्या थप्न कार्यदल गठन
विजयकुमार गच्छदार संयोजक
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
580
Shares
काठमाडौं । सरकारले दुई नम्बर सहितका प्रदेशमा स्थानीय तहको संख्या थप गर्ने भन्दै उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदारको संयोजकत्वमा तीन सदस्यीस कार्यदल गठन गरेको छ ।
कार्यदलमा रक्षामन्त्री बालकृष्ण खाड् र कानूनमन्त्री अजयशंकर नायक सदस्य छन् । कार्यदललाई स्थानीय तहको संख्या थप गर्न अध्ययन गरी ५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्न भनिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचनामा परिवर्तन गर्ने निर्णय समेत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैठकले नेपाली सेनाको राष्ट्रिय सेवा दलमा पुरानो दरबन्दी यथावत राखी ३ सय ४० जनालाई समायोजन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
रक्षा मन्त्रालयले नेपाली सेना मध्येबाटै नयाँ संरचना अनुसार ३ सय ४० जनालाई राष्ट्रिय सेवा दलमा समायोजन गर्ने प्रस्ताव राखेकामा मन्त्रिपरिषदबाट पारित भएको बताइएकाे छ ।