arrow

'अरु दलले विकास गर्न सकेनन् अब राप्रपाले गर्छ' 

logo
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
kamal-thapa-1.jpg.jpeg

हेटौंडा । राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले अन्य राजनीतिक दलहरुले बिकासलाई अघि बढाउन नसकेकोले हेटौंडाको बिकास राप्रपाले मात्रै गर्ने बताएका छन् । लगातार चुनावी प्रचारमा रहेका थापाले बिहिबार हेटौंडा ७ र ८ वडाको संयुक्त रुपमा सम्पन्न कार्यक्रममा बोल्दै राप्रपाले जितेमा शिक्षा क्षेत्रमा सुधार ल्याउन राजनीतिबाट राढा राख्ने, धर्म परिवर्तन गराउन नपाइने नीति लिइने बताए । 

 

त्यस्तै प्राथमिक स्वास्थ्य सेवा निशुल्क प्रदान गरिने व्यवस्था मिलाउनुका साथै क्यान्सर तथा मृगौलाको रोगबाट पीडितलाई १ लाख सहयोग गर्ने बताए । त्यस्तै कक्षा १२ सम्म निशुल्क शिक्षाको साथै गरिब परिवारका महिला सुत्केरी हुँदा पोषणका लागि रकमको व्यवस्था गरिने लगायतका कार्ययोजना रहेको पनि बताए । 

 

हेटौंडा ७ र ८ को संयुक्त रुपमा सम्पन्न कोणसभामा केन्द्रीय अध्यक्ष कमल थापाका साथै राप्रपा केन्द्रीय सदस्य दिपक बहादुर सिंह, प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय समिति सल्लाहकार प्रलिता थापा, मेयरका उम्मेदवार मधुकर अधिकारी, उपमेयरका उम्मेदवार इन्दिरा न्यौपाने, राप्रपाका वरिष्ठ नेता सिताराम बर्तौला, वडा नं ७ का वडा अध्यक्षका उम्मेदवार कोश बहादुर थापा, उम्मेदवार सदस्यहरु दशरथ अर्याल, राधिका श्रेष्ठ, मसिना बिक, मंगल बहादुर घलानको उपस्थिती रहेको थियो । 

 

त्यस्तै सभामा वडा नं ८ का वडाअध्यक्षका उम्मेदवार विष्णु बहादुर अधिकारी, सदस्यहरु जित बहादुर सारु मगर, सुन्तली माया देउला, सरस्वती थिङ, कल्पना नेपाली लगातयकाको उपस्थिति रहेको थियो । कार्यक्रम वडा नं ७ का इकाइ अध्यक्ष मिठ्ठे बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ