दोलखा। स्थानिय तह निर्वाचनको पुर्वसन्ध्यामा दोलखा प्रहरीले ४१ जना अपरिचित युवाहरुलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। गुण्डागर्दीमा संलग्न हुन लागेको र स्थानिय तहको चुनावमा प्रभावित गरि वुथ कब्जा गर्न गएको आशंकाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
मंगलवार दोलखाको जुँगुमा भएको घटना सेलाउन नपाउँदै अपरिचित युवाहरुको समुह सदरमुकाम प्रवेश गर्न लागेपछी नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको दोलखाका प्रहरी प्रमुख रविन कार्कीले जानकारी दिए।
पक्राउ पर्ने युबाहरुको एक ठुलो बस र ९ वटा मोटरसाईल समेत प्रहरीले नियन्त्रणामा लिएको छ। प्रहरीले उनिहरुले चढेर आएको यात्रु बाहक बस र बा १६ च ४७४४ नम्बरको स्करपियो गाडी पनि नियन्त्रणमा लिइएको छ। अहिलेसम्म प्रहरीले कुन पार्टीले ल्याएका युवाहरु हुन् भन्ने बताएको छैन।
एमाले कार्यक्रताको मृत्यु हुने गरि भएको घटनापछि प्रतिरक्षात्मक अबस्थामा पुगेको एमालेले युवाहरु ल्याएको हुन सक्ने आशंका सर्बसाधरणाले गरेका छन्। युवाहरुलाई आबश्यक अनुसन्धान पछी रिहा गर्ने अथवा आबश्यक कार्वाही प्रक्रीया अगाडी बारेमा प्रहीले गृहकार्य अघी बढाएको छ।