arrow

कीर्तिपुरमा काँग्रेसलाई जिताउने अनुहारहरु

logo
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
kirtipur-congress-nakarmi-bista.jpg

काठमाडौ। स्थानिय तहको निर्वाचनको मिति नजिकदै गर्दा चुनावी चहलपहल ह्वात्तै वढेको छ। मतदाताको घरदैलोमा उमेद्वारहरु मत माग्न पुगिरहेका छन्। काठमाडौं ऐतिहासिक शहर कीर्तिपुरमा पनि चुनावी चटारोले उमेद्वारहरुलाई छपक्कै छोपेको छ। 

कीर्तिपुर नगरपालिकामा काँग्रेसका मेयर उपमेयरका उमेद्वारहरु राजकुरमा नकर्मी र विमला (श्रेष्ठ) विष्टलाई पनि अहिले चुनावी चटारोले छोपेको छ। आगामी ५ बर्षमा कीर्तिपुरमा आफूहरुले गर्न चाहेको योजना मतदातालाई सुनाउनु र त्यसलाई पुरा गर्ने प्रतिवद्धता जनाउन मतदाताको घरदैलोमा पुग्ने काममा उमेद्वारहरुलाई भ्याइ नभ्याइ छ। सार्वजनिक कार्यक्रमहरुमा सहभागिता पनि जनाउनै पर्‍यो । लाग्छ चुनावको सयमा उमेद्वारहरुलाई किसानलाई असारे चटारोले छोएको झै भएको छ। 

हाम्रो नेतृत्वमा भोलिको कीर्तिपुर भन्ने अवधारणा उनीहरुले मतमाझ राख्दै आएका छन्। व्यवस्थित कीर्तिपुरको अवधारणालाई उनीहरुले प्राथमिकता दिएका छन्। सुरक्षित सडक, सार्वजनिक यातायात मेरो सवारी साधन, सफासहर पर्याप्त खानेपानी, सुशासन, नैतिक शिक्षा र सुसंस्कृत समाज, स्वस्थ नागरिक खुसी नागरिक, हाम्रो सम्पदा पर्यटनको आधार र उद्यमशील हामी भन्ने नौ एजेण्डालाई लिएर मेयर र उपमेयरका उमेद्वारहरु नगरभित्रका अन्य उमेद्वारहरुलाई साथमा लिएर हिडेका छन्। 

नकर्मी कीर्तिपुरका सक्रिय नेता हुन। २०४६ सालदेखिनै सक्रिय राजनीति गर्दै आएका त्यसयता विभिन्न पदमा रहि क्रियाशिल हुँदै आएका छन्। काठमाडौं काँग्रेसको सचिव समेत रहेका नकर्मी मतदातामाझ लोकप्रिय छन्। 

उपमेयरकी उमेदवार विमला (श्रेष्ठ) विष्ट लामोसमयदेखि राजनीति र समाजसेवामा क्रियाशिल रहँदै आएकी छन्। नेपाल महिला संघ क्षेत्र नम्वर १० को क्षेत्रीय सभापति रहेकी विष्ट पार्टीको स्थानिय राजनीतिमा विभिन्न भुमिकामा रहँदै काम गर्दै आएकी छन्। समाजसेवा धार्मिक काम र एकल महिलाको पक्षमा वकालत गर्दै आएकी विष्टलाई स्थानिय महिलाहरुलाई उद्यमिशल बनाउन खेलेको पहलका कारण पनि खुबै रुचाइएको बताइन्छ। मेयर र उपमेयरको प्रोफाइलका कारण पनि काँग्रेसलाई कीर्तिपुरमा जित्न सहज हुने धेरैले अनुमान गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ