वाइसीएल र एमाले कार्यकर्ता जुधे, जम्काभेट भयो कि परिहाल्छ फाइट
दुई प्रहरी र केही एमाले कार्यकर्ता घाइते
प्रकाशित २०७४ वैशाख २७ बुधबार
564
Shares
रुकुम। रुकुमको मुसिकोट–१० साखमा एमाले कार्यकर्ता र माओवादीको भ्रातृ संस्था वाइसीएल कार्यकर्ताबीच झडप भएको छ ।
झडपमा एक म्यादी, एक प्रहरी र केही एमाले कार्यकर्ता घाइते भएका छन्। गाडीमा गइरहेका वाइसीएल कार्यकर्ता र चुनावी कार्यक्रमबाट फर्किरहेका एमाले कार्यकर्ताको जम्काभेटमै झगडा भएको हो। जम्काभेटमा एकले अर्कालाई बाटो नछोडेपछि सामान्य विवाद हुँदै ठूलो झगडा भएको रुकुम प्रहरी प्रमुख अंगुर जिसीले बताए। उनले भने, ‘सामान्य विवादबाट ठूलो झगडा भएको हो। बाटोमा आमुन्ने सामुन्ने हुँदा भएको सामान्य विवादबाट फाइट पर्न गयो । हाम्रो एक जना म्यादी र एक प्रहरी घाइते छन्।’
एमाले कार्यकर्ताले आफुहरुलाई वाइसीएल कार्यकर्ताले आक्रमण गरेको बताएका छन्, भने वाइसीएल कार्यकर्ताले पहिले एमाले कार्यकर्ताले आक्रमण गरेको बताएका छन्। दलका कार्यकर्ताहरु सामान्य विवादले आपसमा भिड्न तयार हुन्छन्, झगडाका लागि के निहु चाहिन्छ र ? प्रहरी प्रमुख जिसीले भने।