मौन अवधि सुरु हुने अघिल्लो दिन साढे २ सय जना काँग्रेसमा प्रवेश
काठमाडौमा पनि थपिए काँग्रेसी
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ वैशाख २७ बुधबार
523
Shares
हेटौंडा। स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु हुन एक दिन बाँकी हुँदा हेटौंडा काँग्रेसले साढे २ सय जनालार्इ काँग्रेसमा भित्र्याएको छ । जिल्लाको गढी गाउँपालिका–६ मा विभिन्न पार्टी परित्याग गरी सो संख्यामा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
बुधबार गढी गाउँपालिकाको संयुक्त आठै वटा वडाको आमसभा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेकाहरुलार्इ सरकारका गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वागत गरे । पार्टीको चुनाव प्रचारप्रसार संयोजक राजविर मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् गृहराज्यमन्त्री बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका बानियाँले काँग्रेसले निर्वाचन जितेको खण्डमा यस क्षेत्रको समग्र विकास र युवाहरुलाई रोजगारी उपलब्ध गराइने बताए । अब काँग्रेसको नेतृत्वमा स्थानीय निकायको चुनावलगत्तै सरकार बन्ने भन्दै उनले उक्त सरकार निर्माण भएसँगै हेटौंडाको आर्थिक विकासका लागि धेरै योजनाहरु सरकारबाट स्वीकृत हुने जानकारी दिए ।
काँग्रेसको तर्फबाट गढी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा, उपाध्यक्ष पदका उम्मेदवार मन्दिरा केसी, वडा नम्वर १ का उम्मेदवार आइतसिं लो, २ नम्वर उम्मेदवार वखनसिं पाख्रिन, ३ नम्वरका उम्मेदवार विष्णुप्रसाद न्यौपाने, ४ नम्वरका उम्मेदवार लोकनाथ आचार्य, ५ नम्वरका उम्मेदवार दीर्घबहादुर थापा, ६ नम्वरका उम्मेदवार कृष्णप्रसाद बजगाई, ७ नम्वरका उम्मेदवार सूर्यबहादुर रुम्वा र ८ नम्वर वडाका उम्मेदवार कुमार घिसिङले आफूहरु बिजयी भएको खण्डमा नीति तथा योजना बनाएर वडाको विकास गर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा समाजसेवी जयराम लामिछाने, संगठन विभाग प्रमुख कृष्णप्रसाद संजेल, महासमिति सदस्य विष्णुप्रसाद दाहाल, जिल्ला सदस्य अर्जुन दाहाल, गोपी अधिकारी, २ नम्वर क्षेत्रीय सभापति यतिराज सापकोटा, सचिव ओमबहादुर बस्नेत, क्षेत्रीय सदस्य प्रविण हुमागाई, रामजी न्यौपानेलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा क्षेत्रीय सचिव ओमबहादुर बस्नेत स्वागत मन्त्व्य व्यक्त गरेका थिए ।
काठमाडौमा पनि थपिए काँग्रेसी
यसैबीच, एमाले टोखा नगरपालिका वडा नं ३ का निवर्तमान अध्यक्ष नवराज श्रेष्ठ सहित राप्रपा र माओवादीका करिब ३० जना काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसका युवा नेता गगन थापाले ती कार्यकर्ताहरुलार्इ नेपाली काँग्रेसमा प्रवेश गराएका हुन् ।