arrow

विहीबार राती १२ बजेदेखि निर्वाचनको मौन अवधि, केके गर्न पाईँदैन ?

logo
प्रकाशित २०७४ वैशाख २७ बुधबार
moun_abadhi.JPG

काठमाडौं । निर्वाचन आयोगले बिहीबार रातीदेखि निर्वाचनको मौन अवधि प्रारम्भ हुने जनाएको छ । बुधबार आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले एक विज्ञप्ती जारी गरी यस्तो जानकारी दिएका हुन् । स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ६९ अनुसार जारी गरिएको मौन अवधिमा कुनैपनि उम्मेदवारलाई प्रचारप्रसार गर्न निषेध गरिएको छ । 

 

मौन अवधिमा काठमाडौ उम्मेदवारहरुले निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाउँने छैनन् भने मौन अबधि शुरु हुनुभन्दा अगाडि मतदानकेन्द्रको ३ सय मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्नेछ । 

 

त्यस्तै, एस। एम। एस। फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्धारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटु, जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, विक्री गर्न वा प्रदर्शन गर्न वा गराउन र उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी समाचार वा सुचना प्रकाशन वा प्रशारण गर्न पनि नपार्इने निर्वाचन आयोगले जनाएको छ । 

 

मौन अबधीमा माथि उल्लेखित कार्य गरे कारबाही गर्ने निर्वाचन आयोगले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ