arrow

भक्तपुरमा सुरक्षा स्थिती खल्बल्याउन सोच नराखेपनि हुन्छ : प्रजिअ 

logo
प्रकाशित २०७४ वैशाख २७ बुधबार
bhaktapur_suraxa.jpg

भक्तपुर । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको सुरक्षा अबस्था कडा पारिएको बताएका छन् । उनले भक्तपुर भित्र कुनैपनि त्यस्ता गतिविधि गर्न नचिताए हुने बताए । 

 

रफत सञ्चार क्लबले बुधबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले यस्तो बताएका हुन् ।  उनले जिल्लाको भौगोलिक अवस्थालाई ध्यान दिएर तीन तहमा सुरक्षा योजना बनाएको बताउँदै यसका लागि १९ सय देखि २ हजारसम्म सुरक्षाकर्मीहरु खटाईएको जानकारी दिए ।  

 

उनले निर्वाचनलाई शान्तपूर्वक सम्पन्न गर्न ११ सय निजामती कर्मचारी खटाईसकेको र सबै कर्मचारी बुधबार नै मतदान केन्द्रमा पुगिसक्ने बताए ।जिल्लामा निर्वाचनको दिन कुनै अप्रिय घटना घटेको अवस्थामा ५ मिनेटभित्रै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने व्यवस्था गरिएको बताउँदै उनले निर्वाचनको सबै सुरक्षाका लागि आवश्यक व्यवस्था पुरा गरिएको जानकारी दिए ।  

 

बैशाख ३१ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया हुने र मतदाता पाँच बजेसम्म लाईनमा बसे समय थप गरिने समेत जानकारी दिए । उनले ३१ गते मात्रै नभई मतगणना नसकिँदासम्म सुरक्षा अवस्थाको प्रबन्ध मिलाईएको बताए । 

 

कार्यक्रममा प्रजिअ पोखरेलसहित सुरक्षा समितिका वीर दल गण नेपाली सेनाका कर्नेल अमृतकाजी गुरुङ, भक्तपुर प्रहरी प्रमुख एसपी किरण राणा राष्ट्रिय अनुसन्धानका  प्रमुख समिर केसी लगायतका जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ