चुनावको मुखमा रामेछाप काँग्रेसका सभापतिका छोरा रहस्यमयी ढंगले बेपत्ता
प्रकाशित २०७४ वैशाख २७ बुधबार
443
Shares
काठमाडौं । नेपाली काँग्रेसका रामेछाप जिल्ला सभापति लवश्री न्यौपानेका छोरा आनन्द न्यौपाने रहस्यमयी ढंगले बेपत्ता भएका छन् । सोमबार भक्तपुरबाट रामेछापतर्फ जाने क्रममा उनी वेपत्ताभएको सभापति न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार विहान साढे नौं बजेसम्म आनन्दसँग कुराकानी भएको र साढे नौ बजे आफू रामेछाप जानको लागि गाडी चढ्न लागेको बताएका थिए । तर राती अबेरसम्म पनि घर नआईपुगेपछि उनलाई सम्पर्क गर्न खोज्दा उनको दुईवटै मोबाईल बन्द भएपछि आफूहरु आत्तिएको न्यौपानेले जानकारी दिए ।
न्यौपानेले आफ्नो छोरा बेपत्ता भएपछि उनले मंगलबार नै जिल्ला प्रहरी कार्यालय भत्त,पुरमा उजुरी दिईसकेको जानकारी दिए । उनको उजुरी परेको र सो सम्बन्धमा हुलिया तयार पारेर खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
प्रहरीले पनि उनको मोबाईल सोमबार मध्याह्न करिब १२ बजे साँगा भन्ज्याङ वरीपरीको टावरमा कुरा भएको र त्यसपछि उनको फोन स्वीच अफ भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ । आफ्नो छोराको अज्ञात समूहले अपहरण गरेको हुनसक्ने अनुमान उनका बुबा न्यौपानेको छ ।