arrow

चितवन कालिका नगरपालिकाको एउटा वडामा जेठ ५ गते निर्वाचन 

logo
प्रकाशित २०७४ वैशाख २७ बुधबार
kalika_municipali_map.png

काठमाडौं। चितवनको कालिका नगरपालिका वडा नं ११ मा जेठ ५ गते निर्वाचन हुने भएको छ। उक्त वडाको नेकपा माओबादी केन्द्रका वडाध्यक्षको निधन भएको कारण सो वडामा भने जेठ ५ गते निर्वाचन गर्ने तयारी भईरहेको मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले जानकारी दिए। 

 

दुई दिन अघि नगरपालिकाको ११ नं वडा स्थायी निवासी सिफल चेपाङको चट्याङ लागेर ज्यान गएको थियो। कानूनी रुपमा पनि उम्मेदवारको निधन भएको खण्डमा सो को ठाउँमा पार्टीबाट अर्का उम्मेदवार उठाउनु पर्ने र त्यसको लागि समय चाहिने भएकोले त्यहाँ जेठ ५ गते निर्वाचन गर्ने तयारी भईरहेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ