arrow

मकवानपुरका विभिन्न वडामा रुखकै चर्चा, हल्लिए चार तारे झण्डा

केन्द्रीय नेताहरु गाउँगाउँमा   

logo
प्रकाशित २०७४ वैशाख २७ बुधबार
congress-maobadi-karyakarta.jpg

हेटौंडा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले काँग्रेसले जितेमात्र विकास सम्भव हुने बताएका छन्। नेपाली काँग्रेस हेटौँडा–१७ ले मंगलबार हेटौँडाको राजदेवीमा आयोजना गरेको चुनावी सभामा उनले एमालेमा राप्रपाप्रतिको मोह बढेको भन्दै एमालेले अहिले फेरि राजालाई सम्झेको बताए। 

 

काँग्रेसकी अर्की केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मुलुकलाई निकास दिन सरकारमा समीकरण गरेको काँग्रेस र माओवादी केन्द्रबीच स्थानीय तह निर्वाचनमा सहकार्य भएको बताइन्। काँग्रेस मकवानपुरका सभापति एवं गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले राजा र धर्मको नाममा राजनीति गर्ने राप्रपाका अध्यक्षले धर्म होइन अस्थिरता सिर्जना गरेर अधर्म गरेको आरोप लगाए।

 

नवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट हेटौँडा उपमहानगरपालिकामा नगर प्रमुखका उम्मेदवार आनन्दराम पराजुली, नेकपा माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवार बलराम बल, नेपाली काँग्रेसका वडा नम्बर १७ का अध्यक्ष दामोदर सुवदीलगायतले बोलेका थिए। यसैबीच नेपाली काँग्रेस वडा नम्बर १८ को आयोजनामा हर्नामाडीको रामधुनीमा आयोजित चुनाव सभामा काँग्रेस केन्द्रीय सदस्य रिजालले काँग्रेसले संविधान कार्यान्वयनमा जोड दिएको बताए। 

 

प्रचार समितिका संयोजक हरेराम बानियाँको अध्यक्षतामा भएको कार्यक्रामा काँग्रेस सभापति एवं गहृराज्यमन्त्री बानियाँ, नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेदवार आनन्दराम पराजुली, नेकपा माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवार बलराम बल, काँग्रेसका वडा नम्बर १८ का उम्मेदवार दिलबहादुर सुवेदी, महिला नेतृ कमला सुवेदी, रामबहादुर घलानलगायतले बोलेका थिए।

 

त्यसैगरी हेटौँडा बजारमा पनि नेपाली काँग्रेस नगर प्रमुखका उम्मेदवार आनन्दराम पराजुली, र नेकपा माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवार बलराम बलको सहभागितामा घरदैलो कार्यक्रम गरेको छ।हेटौँडा  राप्ती रोड,बुद्घ चोक, संगम चोक, काग्रेस चोक, हेडम्बी चोक, स्कूल रोड लगायतको ठाउँमा घरदैलो गरिएको थियो।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना लगायत नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका १,२,४,१० वडाका उम्मेदवारहरुको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ