प्रचण्डले फेरि विस्तार गरे मन्त्रिमण्डल, २ राज्यमन्त्री थपिए
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
239
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहालले फेरि मन्त्रिमण्डल विस्तार गरेका छन् । मंगलबार दुई राज्यमन्त्रीलाई सपथ दिलाएसँगै प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा विजय गच्चदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका सुमित्रा थरुनी पर्यटन, यशोदा लामाले भूमि–सुधार राज्य मन्त्रीको सपथ लिएका हुन् । नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागि भएसँगै तीन मन्त्रालयको नेतृत्व सम्हालेको छ ।
चार पार्टी एक ठाउँमा आएपछि गच्छदारको पार्टी संसदमा छैटौँ ठूलो दल भएको छ । एकीकरण हुन आएका पार्टीबाट गच्छदारले भूमि–सुधार मन्त्रालय सम्हाल्न दिएका छन् । भूमि–सुधारमन्त्री गोपाल दहित थरुहट तराई पार्टीबाट एकीकृत भएका हुन् भने, यशोदा लामा दलित जनजाती पार्टीबाट लोकतान्त्रिक फोरममा सहमाहित भएकी हुन् ।