arrow

भारतीय नेपाल छिर्छन् अनि मोज गरी फर्किन्छन्, यसपटक परे फन्दामा 

logo
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
arrest.jpg.jpeg

सुरुङ्गा । पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । 

पक्राउ पर्नेमध्ये एकजना होटल सञ्चालक समेत रहेका छन् । 

प्रहरीका अनुसार बिर्तामोडको भद्रपुर रोडमा रहेको ३६५ क्याफेबाट क्याफे सञ्चालक सुवाससहित पाँच भारतीय नागरिक र दुई युवतीलाई पक्राउ गरिएको हो । 

त्यस्तै, बिर्तामोडस्थित नयाँ बसपार्कमा सञ्चालित निशा होटलबाट एक जोडी र मेची कोसी टपबाट दुई जोडीलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थेवेले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ