arrow

दोलखा एमालेमा रुवाबासी, केन्द्रीय सदस्यका भाइसहित ५० जना काँग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ वैशाख २५ सोमबार
Dolakha_District.png

दोलखा। नेकपा एमाले अनुशासन आयोगका केन्दीय सदस्य एंव दोलखाका प्रभावसाली नेता शिब प्रसाद भण्डारीका आफ्नै भाई चिरञ्जिवी भण्डारी ५० जनाको जम्बो टोली सहित आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सरोदर भाउजु नेकपा एमालेको तर्फबाट मेलुङ गाउँपालिकामा उपाध्यक्ष पदमा चुनावी मैदानमा होमिएको बेला देवर भने नेपाली काँग्रेसमा प्रवश गरेका छन्।


मेलुङ गाउँपालिका वडा नं. २, सुकाठोकरमा नेकपा एमालेका प्रदेशस्तरका प्रभावशाली नेता शिव भण्डारीका सरोदर भाई चिरञ्जीवि भण्डारीको नेतृत्वमा ५० जना सोमबार नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस मेलुङ गाउँपालिकाले जनाएको छ। चिरञ्जीवि भण्डारीको सरोदर भाउजु कल्पना भण्डारी नेकपा एमालेबाट मेलुङ गाउँपालिकाको उपाध्यक्ष पदमा चुनावी प्रतिस्पर्धामा हुँदा काँग्रेसमा प्रवेशले नेकपा एमालेमा हंगामा मच्चिएको जनाइएको छ।


नेपाली काँग्रेस मेलुङ गाउँपालिकाले आयोजना गरेको घरदैलो र कोणसभा कार्यक्रममा सोमबार चिरञ्जीवि भण्डारी सहित ५० जना एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस मेलुङ गाउँपालिकाको अध्यक्ष बर्मा लामाले जानकारी दिए। सोमबार एमाले परित्याग गरी भण्डारीको नेतृत्वमा बलबहादुर कार्की, सोमबहादुर अछामी, सन्तोष भण्डारी, कल्पना भण्डारी, कमला भण्डारी, यज्ञदेवी भण्डारी, मिनबहादुर भण्डारी, चित्रबहादुर भण्डारी, भोजबहादुर कार्की रामबहादुर कार्की, चेली कार्की र नरबहादुर थापा सहित ३० जनाको टोली नेपाली काँग्रेसमा प्रवेश गरेको लामाले जानकारी दिए।


यसै गरी सोमबार नै तत्कालीन भेड्पु गाविस वडा नं. ३ मा आयोजना गरिएको घरदैलो तथा कोणसभा कार्यक्रममा भेड्पु गाविस वडा नं. ३ का वडाध्यक्ष मानबहादुर तामाङको नेतृत्वमा २० जना नेपाली काँग्रेसमा प्रवेश गरेको काँग्रेस मेलुङ गाउँपालिकाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ