arrow

उम्मेदवारको प्रचारका लागि सवारीको बन्देज, कसले कतिवटा प्रयोग गर्न पाउछन् ?

logo
प्रकाशित २०७४ वैशाख २५ सोमबार
election-local-2017.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै आईसकेको छ । निर्वाचनको अन्तिम समयमा आएर निर्वाचन आचारसंहिता उल्लंघनका समाचारहरु पनि व्यापक आउने गरेका छन् । निर्वाचन आयोगले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचार संहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ लागू गरिसकेको छ । आयोगको निर्णय अनुरुप विभिन्न पेशाका व्यक्तिहरुलाई आचारसंहिता लाग्ने भएको हो । 
 

आयोगले दिएको जानकारी अनुसार बुधबारदेखि नेपाल सरकार र नेपाल सरकारको मन्त्रीहरु, स्थानीय निकाय÷तह, स्थानीय निकाय÷तहका कर्मचारीहरु, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा तत् निकायमा कार्यरत सुरक्षाकर्मी निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेको व्यक्तिहरु सबैले आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने जनाएको छ ।


यसरी आचारसंहिता अनुसार निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारहरुले कतिवटासम्म सवारी साधन प्रयोग गर्न पाउँछन् भन्ने पनि आचारसंहितामा उल्लेख गरिएको छ । निर्वाचन आयोगका अनुसार महानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिनेहरुले निर्वाचन प्रचार प्रसारको लागि बढीमा दुईवटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुईवटा मोटर साइकल प्रयोग गर्न पाउँछन् । त्यस्तै, वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चारपाङ्ग्रे हलुका सवारी साधन र एउटा मोटर साइकल प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । 

 

त्यस्तैगरी, उपमहानगरपालिका र नगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचार–प्रसारको लागि बढीमा एउटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुईवटा मोटर साइकल, प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । सवारी साधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडाप्रयोग गर्न पाईने छ ।

 

त्यस्तै, सवारी साधनको प्रयोग गर्नु अघि उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले त्यस्तो सवारी साधन प्रयोग गर्न अनुमतिपत्रका लागि सम्बन्धित निर्वाचन अधिकृत
समक्ष निवेदन दिन सक्नेछ  व्यवस्था गरिएको छ । यसरी एउटा उम्मेदवारको नाममा अनुमतिपत्र प्रदान गरिएको सवारी साधन अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नपाउने व्यवस्था गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ