महिला उम्मेदवार ३९ प्रतिशतमात्रै, आरक्षणले तोकेको प्रतिशत भेटेन
प्रकाशित २०७४ वैशाख २५ सोमबार
232
Shares
काठमाडौं । बैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि कूल उम्मेदवार मध्ये करिब ३९ प्रतिशत मात्रै महिलाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार कूल उम्मेदवारहरुमध्ये पुरुषको सङ्ख्या ३० हजार ५ र महिलाको संख्या १९ हजार ३३२ कायम भएकोछ । जुन प्रतिशतको हिसाबले हेर्दा जम्मा उम्मेदवारमध्ये पुरुष ६०।८२ प्रतिशत र महिला ३९।१८४ प्रतिशत हुन आउँछ ।
३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनमा वैशाख १९ गते उम्मेदवारी दर्ता गराई बैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि कायम भएको उम्मेदवारहरुको सङ्ख्या ४९ हजार ३३७ रहेको छ । जबकी यस पटकको स्थानीय निर्वाचनमा प्रमुख तथा उपप्रमुख मध्ये एकजना महिला अनिवार्य, एकजना खुल्ला महिला अनिवार्य र एक जना दलित महिला अनिवार्य रहने व्यवस्था गरिएको छ ।
महिला कोटामात्रैको हिसाव गर्दा कूल ७ जना मध्ये ३ जना महिला अनिवार्य उठ्नैपर्ने प्रावधान अनुसार पनि उम्मेदवार हुने हो भने कूल ४२ दशमलव ८५ प्रतिशत महिला उम्मेदवार हुनुपर्नेहो । तर, अहिले ३९ दशमलव १८ प्रतिशत मात्रै उम्मेदवारी परेको हो ।
नगरप्रमुख तथा अध्यक्षमा पुरुष ९१।६५ प्रतिशत ९१७२३० र महिला ८।३५ प्रतिशत ९१५७०, नगरउपप्रमुख तथा उपाध्यक्षमा पुरुष १८।५७ प्रतिशत ९२५७०, महिला ८१।४३ प्रतिशत ९११२७० वडाध्यक्षमा पुरुष ९५।८३ प्रतिशत ९१०२९६० महिला ४।१७ प्रतिशत ९४४८० जना रहेका छन् । यसैगरी, वडा सदस्य २ जनाका लागि पुरुष ९४।७१ प्रतिशत ९१७७२९० महिला ५।२९ प्रतिशत ९९५१०, महिला वडा सदस्य ९०८३, दलित महिला वडा सदस्यमा ७५२६ जनाको उम्मेदवारी कायम रहेको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राजनीतिक दलहरुले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष मध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेको छ ।