arrow

एमाले र मण्डलेहरुको रबैया मास्नु नै मेयरका उम्मेदवारको मूल एजेण्डा  !

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ वैशाख २४ आइतबार
progrem_hetauda.jpg

हेटौडा । नेपाली काँग्रेसबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार आनन्दराम पराजुलीले एमाले र मण्डलेहरुको रबैया मास्नु नै आफ्नो मूल एजेण्डा रहेको बताएका छन् । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ ले न्यरेनीमा गरेको चुनावी कोणसभामा बोल्दै पराजुलीले यस्तो बताएका हुन् । 

पराजुलीले नगरमा शासन गर्ने एमालेका शासकहरुको पत्तासाफ गर्न जरुरी रहेको बताउँदै एमाले र मण्डलेको रबैयाबाट नगरबासीलाई न्याय दिलाउने आफ्नो पहिलो कार्य हुने बताए । उनले केही वर्षभित्र हेटौंडा नगरलाई देशकै नमुना नगर बनाउने योजना रहेको समेत बताए ।

सभालाई सम्बोधन गर्दै काँग्रेस मकवानपुर सभापति एवं गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले काँग्रेसले जीते नेपालको अर्थ समृद्धि गर्दै मकवानपरमा १० हजार युवालाई रोजगार दिने बताए । राज्यमन्त्री बानियाँले प्रत्येक गाउँपालिका र नगरका वडामा ३ हजार युवाहरुलाई रोजगारीको प्याकेज ल्याउने घोषणा गर्दा विपक्षीहरुमा अत्तालिएको बताउँदै काँग्रेसले गरेको बाचा अहिलेसम्म बाचा पूरा गरेकोले ढुक्क भएर काँग्रेसको पक्षमा मतदान गर्न नगरवासीमा आग्रह गरे ।

सभालाई सम्बोधन गर्दै काँग्रेस ७ नम्बर वडा अध्यक्ष उम्मेदवार दामोदर गौतमले जनताको आवश्यकता र आफुले पाएको अधिकार अनुसार ७ नम्बर वडालाई विकासको नमुना वडा बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका उपसभापति बिष्णु लामिछाने निवर्तमान सभापति रघुरमण न्यौपाने, दलित संघका केन्द्रीय सदस्य पवित्रा वि.क काँग्रेस ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईको काँग्रेस ३ नम्बर पूर्व क्षेत्रीय सचिव दिपक खडका, क्षेत्र नम्बर ३ का चुनाव परिचालन समिति संयोजक गणेशहरि उप्रेती काँगेस नगर सचिव दिपकलाल खतिवडा जिल्ला कार्यालय सदस्य महेन्द्र राउत लगायत ७ नम्बर वडाका सदस्य उम्मेदवारहरु सहितको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ