गच्छदारलाई उपप्रधानमन्त्री बनाएर सरकारमा भित्र्याउने तयारी
प्रकाशित २०७४ वैशाख २४ आइतबार
348
Shares
काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले सरकारमा सहभागि हुने संकेत दिएको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा फोरमका अध्यक्ष विजयकुमार गच्छदार उप्रधानमन्त्री भएर आफै सहभागि हुने विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवासँग गच्छदारको कुराकानी भएको हो । शनिबार पनि प्रधानमन्त्री दाहाल र गच्छदारबीच कुराकानी भएको बताइएको छ । ‘कुरा सकरात्मक छ । तर, अन्तिम भएको छैन ।’ प्रधानमन्त्रीका एक सल्लाहकारले भने, ‘कुरा मिल्यो भने चुनाव अगाडि नै उहाँ सरकारमा सहभागि हुनुहुन्छ ।’
नेपाल लोकतान्त्रि फोरमका सांसद शिवलाल थापाले सरकारले वर्तमान समस्या समाधान गर्ने गरी चित्त बुझ्दो प्याकेज ल्याए सरकारमा सहभागि हुने बताए । उनले भने, ‘हामीलाई उपप्रधानमन्त्रीसहित सरकारमा बस्ने टिकाउ ग्यारेन्टी हुनु पर्छ । अर्कोतिर मन्त्री मात्र खान जाने भन्दा पनि वर्तमान समस्या समाधानका लागि चित्त बुझ्दो प्याकेज आए सरकारमा सामेल हुनेमा हामी सकारात्मक छौँ ।’
गच्छदारलाई उपप्रधानमन्त्रीसहित यस अघि कमल थापाले सम्माहलेको स्थनानीय विकास मन्त्रीको जिम्मा दिने विषयमा कुराकानी भएको बताइएको छ । यस्तै, राप्रपालाई समेत सरकारमा ल्याउने कसरत भइरहेको बताइँदै छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तापक्षीय गठबन्धनले प्रधानन्यायधीश माथि महाअभियोग प्रस्ताव दर्ता गरेसँगै असमति जनाउदै उपप्रधान तथा स्थानीय विकास मन्त्रालयबाट राजिनामा दिएका थिए ।