arrow

महामन्त्री कोइरालाको क्षेत्रमा चुनावी सरगर्मी

आले र सापकोटा जनतामा लोकप्रिय

logo
प्रकाशित २०७४ वैशाख २४ आइतबार
congress-flag1.jpg

नवलपरासी। गैंडाकोटको मेयर र उपमेयरमा गजेन्द्र बहादुर आले र विष्णु कुमारी सापकोटा कँडेल सर्वाधिक लोकप्रिय रहेको गैंडाकोटका स्थानीयहरुले बताएका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै निर्वाचनमा कसले बाजी मार्ला भन्ने बिषयमा गैंडाकोटका चोक चौराहामा विभिन्न आँकलनहरु हुन थालेका छन् । त्यसो त कांग्रेस महामन्त्री डा.शशाँक कोईरालाको क्षेत्र भएकाले पनि नतिजा के होला भन्ने बिषयमा केन्द्रमा समेत चर्चा हुने गरेको छ । 

करिब साढे तीन दशक देखि गैडाकोटको सामाजिक आर्थिक तथा राजनीतिक विकासमा निरन्तर क्रियाशिल रहेका गजेन्द्र बहादुर आले यस अघि संविधान सभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सभासदमा सिफारिस समेत भईसकेका परिपक्व, प्रतिबद्य, लोकप्रिय र विकासप्रेमि युवा राजनीतिकर्मी हुन । यसैगरी करिब साढे दुई दसकदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा गैंडाकोटको समग्र विकासका लागि सर्मपित उपमेयर उम्मेदवार विष्णु कुमारी कँडेल सापकोटाले यस अघि नै महिला संघको जिल्ला नेतृत्व हुदै केन्द्रिय तहमा समेत योगदान गरि सकेकी उनी कांग्रेस महासमिति सदस्य समेत हुन । विभिन्न सामाजिक विकास संस्थाहरुमा समेत काम गरेको अनुभव भएकी बिष्णु कुमारी मिलनसार, अरुका कुरा सुन्ने, सहकार्यमा विश्वास गर्ने, प्रष्ट बक्ता, कुशल नेतृत्व क्षमता भएकी र  महिलाहरु माझ सवैभन्दा लोकप्रिय नेतृ हुन । विकासप्रेमि, समाज बुझेका, नेतृत्व क्षमता भएका र गैंडाकोटलाइ समृद्ध नगरपालिका बनाउन सक्ने स्वप्नदर्शि नेता तथा नेतृलाई मेयर उपमेयरका रुपमा प्राप्त गरिने कुराले गैंडाकोटवासी खुशी छन् । 

चुनावी भेटघाट तथा घरदैलो कार्यक्रममार्फत आफुले प्रायः सबै मतदाताहरुलाई प्रत्यक्षरुपमा भेटघाट गरेको र उनिहरुसँगको कुराकानीमा मतदाताहरुले नेपाली काँग्रेसप्रति प्रकट गरेको शुभेच्छा, विचार, अभिव्यक्तिबाट आफु निकै नै उत्साहित भएको आलेले हाम्राकुरालाई बताए । करिब ५९ हजार मतदाता रहेको गैंडाकोट नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका बिच प्रतिष्पर्धा हुने गरेको भएतापनि यस क्षेत्रमा अहिलेसम्म नेपाली कांग्रेसबाहेक अन्य दलले आफ्नो पोल्टामा नतिजा ल्याउन सकेका छैनन् । 

स्थानिय प्रयासमा विभिन्न सामाजिक गतिबिधिहरुमार्फत बिपिको प्रयोगात्मक समाजवादलाई व्यवहारिक अभ्यास गरिरहेको यस थलो बैचारिक, सामाजिक तथा राजनैतिकरुपमा निकै नै सचेत, र जागरुक रहेकोले गैंडाकोट काँग्रेस एक ढिक्का भएर चुनावमा होमिएको प्रजातन्त्र सेनानि संघका केन्द्रिय सदस्य तिलक प्रसाद सापकोटा बताउँछन् । 

कांग्रेसले यस पटक उपयुक्त र लोकप्रिय उम्मेदवारको छनौट गरी चुनावि मैदानमा उतारेको र स्थानीय संगठन समेत सुदृढ, संगठित र मजबुद भएको देखेर अन्य दलका उम्मेदवारहरु मनोवैत्तँनिक दवावमा रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ