स्थानीय तह निर्वाचनः ३१६ जना निर्विरोध, ३ जनाको दलै खुलेन
प्रकाशित २०७४ वैशाख २४ आइतबार
488
Shares
काठमाडौं । स्थानीय तह निर्वाचनको पहिलो चरणमा ३१६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म निर्विरोध भइ खाता खोल्नेमा एमाले १४२, कांग्रेस ९४ माओवादी केन्द्र ३६, स्वतन्त्र ३२, राप्रपा ५, नेमकिपा २, नयाँ शक्ति १ र परिवार दल १ रहेका छन् ।
३ जनाको भने दलै खुलेको छैन । निर्वाचन आयोगले ३ जनाको अझै दलको टुंगो नै नभएको जनाएको छ ।
बैशाख ३१ को निर्वाचनका लागि प्रदेश ३, ४ र ६ मा ३४ जिल्लाका २८३ गाउँपालिका र नगरपालिकामा प्रतिस्पर्धा हुँदैछ ।