काँग्रेस उम्मेदवार निशानामा, अध्यक्षका उम्मेदवारको जिपमै आगजनी
प्रकाशित २०७४ वैशाख २४ आइतबार
833
Shares
पोखरा । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा माहोल बन्दै गएपछि विपक्षीलाई टाउको दुखाइ भएको छ । त्यही झोंकमा विपक्षीहरुले काँग्रेस उम्मेदवारको ठूलो क्षति गरेका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ का वडाध्यक्षका उम्मेदवार गुन्जमान गुरुङले प्रयोग गर्दै आएको ग १ ज ६४४५ नम्बरको जिपमा आगो लगाइएको हो ।
शनिबार राति १२ बजे अज्ञात समुहले आगजनी गरेको पीडितले बताए । जिप पुर्णरुपमा क्षतिग्रस्त भएको छ ।