सगरमाथा चढ्ने विश्वकै पाका व्यक्तिको ‘मुकुट’ लगाउने सपना पुरा भएन मिन बहादुरको
सगरमाथामै भयो निधन
प्रकाशित २०७४ वैशाख २३ शनिबार
207
Shares
काठमाडौं । पर्वतारोही एवं पूर्व ब्रिटिश गोर्खा मिन बहादुर शेरचनको सगरमाथा चढ्न गएकै बेला निधन भएको छ ।
पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार ८६ वर्षीया शेरचनको सगरमाथा आधार शिविरमा शनिबार विहान् निधन भएको हो । शेरचनको मृत्युको कारण भने नखुलेको महानिर्देशक दिनेश भट्टराईले बताए । शेरचन सगमाथा चढ्ने विश्वकै सबै भन्दा पाको व्यक्तिको कीर्तिमान रच्न चाहान्थे ।
शेरचन वैशाख ३ गते सात सदस्यीय टोलीसहित काठमाडौंबाट आरोहण्का लागि निस्केका थिए । शेरचनले सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । यसअघि जेष्ठ नागरिक शैलेन्द्रकुमार उपाध्यायले आरोहणको प्रयास गर्दा आरोहणकै क्रममा निधन भएको थियो ।
शेरचन सन् १९३१ जुनमा नेपालको पश्चिमी जिल्ला म्याग्दीमा जन्मिएका थिए । अघिल्लो साता मात्रै सगरमाथा क्षेत्रमा प्रसिद्ध स्वीस पर्वतारोही उली स्टीकको मृत्यु भएको थियो ।