arrow

उम्मेदवार नै कसरी भए मतदान केन्द्रका कर्मचारी ?

logo
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
Dolakha_District.png

रिकोट, । दोलखाको एक वडाध्यक्षका उम्मेदवारलाई नै मतदान केन्द्रमा कर्मचारीका रुपमा खटाएको पाइएको छ । कालिञ्चोक गाउँपालिका वडा नं ९ का नेकपा (एमाले)का तर्फबाट  वडाध्यक्षका उम्मेदवार घनश्याम सेडार्इंलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोही वडा नं १ को पूर्व कालिञ्चोक गाविसको कार्यालय भवनमा पर्ने गरी खटाएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

एमाले पार्टीले वडाध्यक्षका रुपमा उनलाई उठाएपछि उनले प्रावि शिक्षकबाट राजीनामा दिएको बताइएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं ९ स्थित सुन्द्रावतीका वडाध्यक्ष उम्मेदवार घनश्याम सेढाईंलाई सोही गाउँपालिकाको १ नं वडास्थित गाविस भवन (क) मतदान केन्द्रमा सहायक कर्मचारीका रुपमा खटाइएको हो ।

शुक्रबार बिहान जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जिल्लाभरका मतदान केन्द्रमा खटाइएका कर्मचारीको नामावलीमा उनको नाम प्रकाशन गरेको हो । निर्वाचन अधिकृत कार्यालय कालिञ्चोक गाउँपालिकाको कार्यालय सुनखानीले बताएअनुसार उम्मेदवारी दर्ताको बखत राजीनामा स्वीकृत भएको पत्र सेडार्इंले पेस गरेका छन् । 

यता मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका निर्वाचन अधिकृत राजेन्द्र नेपालले भने यस विषयमा आफूहरुलाई जानकारी नभएको र शिक्षा कार्यालयले पठाएको नामावलीका आधारमा कर्मचारी खटाइएको बताए । नेपालले जिल्ला शिक्षा अधिकारी र  प्रमुख जिल्ला अधिकारीसँग यसबारे छलफल गर्ने बताएका छन् । सेडार्इंले भने आफूले राजीनामा दिएको र स्वीकृत भएरमात्रै निर्वाचनमा होमिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ