arrow

जनजातिको प्यारो बन्यो काँग्रेस, उम्मेदवारहरु जनजाति धेरै

logo
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
congress-hami-bhitra-ma.jpg

ललितपुर । नेपाली काँग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि दिएको उम्मेदवारीमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका प्रमुख तथा अध्यक्षमा १०९ जना जनजाति, मधेशी तथा  दलित समुदायबाट उम्मेदवारी परेको छ । 

 

त्यसैगरी, नगर उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षमा ९७ जनाको जनजाति , दलित तथा मधेशी समुदायबाट उम्मेदवारी परेको पाइएको छ । नगरपालिका प्रमुखमा दुईजना तथा गाउँपालिका अध्यक्षमा चारजना महिलाको उम्मेदवारी परेको छ । त्यस्तै नगरपालिका प्रमुखमा जनजाति समुदायबाट २४ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा एक पुरुष समेत ३० जनाको  जनजाति समुदायबाट उम्मेदवारी परेको पाइएको छ । 

 

जसमध्ये चारजना दलित तथा एकजना मधेशी समुदायबाट उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनेमा तीन जना महिला समेत ८५ जनाको जनजाति समुदायबाट उम्मेदवारी परेको छ । त्यसैगरी गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिनेमा ६७ जना जनजाति समुदायको परेको छ । जसमध्ये २ जना पुरुष, ४ जना दलित  तथा एक मधेशी समुदायबाट उम्मेदवारी परेको पाइएको छ । 

 

यही वैशाख  ३१ गते हुने स्थानीय निकायको पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ का ४ महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका तथा १८६ गाउँपालिका गरी २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ