गोकर्णेश्वर नगरपालिकामा कांग्रेसको पक्षमा माहोल, यस्तो छ घरदैलो कार्यक्रम तालिका
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
608
Shares
काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिएसंगै चुनावी प्रचारप्रसार पनि तीव्र पारिएको छ । त्यही तीव्रताबीच काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले घरदैलो अभियान शुरु गरेको छ ।
मेयरका उम्मेदवार सन्तोष चालिसेसहित उपमेयर शान्ति नेपालसहितको टोली विभिन्न वडामा पुग्दा स्थानीयले खादा र टिका लगाइदिएर भव्य स्वागत गरेका छन् ।
चामुण्डा मन्दिर जोरपाटी नगरपालिकाको वडा नं ५ बाट चुनावी अभियान शुरु गरिएको मेयरका उम्मेदवार चालिसेले बताए ।
स्थानीय विकास निर्माणमा सक्रिय, सामाजिक अभियन्ता चालिसे आफ्नो नगरभित्र अत्यन्तै लोकप्रिय व्यक्तिा रुपमा चिनिन्छन् ।
घरदैलो अभियानमा पुग्दा स्थानीयहरुले उत्साहका साथ स्वागत गर्दै जितको शुभकामना दिए । ‘अरु पर्टी मत माग्न आउँदा उत्साह नै छैन,’ एक स्थानीयले भने, ‘कांग्रेस आउँदा हामीलाई गजबको उत्साह आउँछ । घरदैलोमा देखिएको जनताको सहभागिताले कांग्रेसले जित्ने निश्चित नै छ जस्तो लाग्छ ।’
काँग्रेसले चुनावी प्रचारप्रसारमा कार्यतालिका नै बनाएको छ । यसले गर्दा माहोल बनाउन र प्रत्यक्ष मतदाताई बुझाउन सजिलो हुने पनि प्रचारप्रसार अभियानमा जुटेका एक नेताले बताए ।
गत बिहीबारदेखि नै कार्यतालिका बनाएर अभियानमा लागेको काँग्रेसका शनिबारदेखिका कार्यतालिका यस्ता छन्–
२३ गते शनिबार बिहान ७ बजे गोनपा ७ दक्षिणढोका र दिउँसो ३ बजे वडा नं ९ आरूबारी ।
२४ गते आइतबार वडा नं ६ ।
२५ गते सोमबार वडा नं २ बिहान ७ वजे नयाँपाटी ।
२६ गते मंगलबार बिहान ७ बजे वडा नं ३ बालुवा ।
२७ गते बुधबार वडा नं १ सुन्दरीजल बीपी चोक।
२८ गते बिहीबार विशाल आमसभा, जोरपाटी बाउनधारा दिउँसो १
बजे।