arrow

सुशीला कार्की महाभियोगविरूद्ध २६६ बढी सांसद

logo
हाम्रा कुरा
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
sushila-karki-NDTV.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेसहितका १० दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्धको महाभियोग तत्काल फिर्ता गर्न माग गरेका छन् । 

स्वतन्त्र न्यायापालिका र शक्ति पृथवीकरणको सिद्धान्तविपरितको महाभियोग फिर्ता नभएसम्म संसद चल्न नदिने प्रतिपक्षको चेतावनीको कारण बिहिबारका लागि डाकिएको संसद बैठक शुक्रबार बिहानसम्मका लागि सूचना टाँसेर स्थगित भएको छ । 

प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव अनुचित हुनुका साथै यसले शक्ति पृथकीकरण सिद्धान्त, स्वतन्त्र न्यायापालिकाको मर्म र लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर प्रहार गरेकाले सो प्रस्ताव तुरून्त फिर्ता लिई कानुनी कानुनी शासनको सम्मान गर्न प्रस्तावक राजनीतिक दलसँग माग गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ।

संसदमा एमालेको १८१, राप्रपाको ३७, लोकतान्त्रिक फोरमको १६, संघीय समाजवादी फोरमको १५, नेकपा मालेको ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा ३, परिवार दल २, र नेपा पार्टी, बहुजन शक्ति र मधेस समता पार्टीको एकरएक गरी २६६ सिट छ। कुल सदस्य संख्या ५९३ को एक तिहाई १९८ भन्दा बढी सिट ओगट्ने यी दलको विरोधका बीच संसदबाट महाभियोग प्रस्ताव पारित हुने सम्भावना छैन । 

संविधान अनुसार महाभियोग प्रस्ताव पारित हुन दुई तिहाई ३९६ मत आवश्यक पर्छ। (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ