arrow

धादिङको ५ स्थानीय तहमा काँग्रेस माओवादी तालमेल, काँग्रेसलाई २ वटामात्र 

logo
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
congress_Moistcenter2.JPG

धादिङबेसी । धादिङमा कूल १३ स्थानीय तहमध्ये एक नगरपलिका सहित कूल ५ वटा स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रबीच तालमेल भएको छ । मनोनयन दर्ता अघि नै तालमेलको लागि अन्तिम समयसम्म छलफल चलेपनि सहमति नभएर आ आफ्नै सुरमा उम्मेदवारी दर्ता गराएका यी दुई दलबीच उम्मेदवारी फिर्ता लिने समयमा सहमति भएपछि ५ स्थानीय तहमा तालमेल भएको हो । 

 

धादिङ सदरमुकाम समेत रहेको नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले मेयर पाउने गरी तालमेल भएको नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य विकास श्रेष्ठले जानकारी दिए । त्यहाँ माओवादी केन्द्रले मनराज भण्डारीलाई उपमेयरमा उठाएको छ भने काँग्रेसबाट मेयरमा भीम ढुंगानाको उम्मेदवारी परेको छ । 

 

त्यस्तै, ज्वालामुखी गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विनोद तिमल्सिनालाई माओवादी केन्द्रले समर्थन गर्ने भएको छ भने उपप्रमुखमा नेपाली काँग्रेसले पनि माओवादीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । सो गाउँपालिकामा माओवादीले विष्णुकुमार श्रेष्ठलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । 

 

त्यस्तै बेनीघाट रोराङ, गजुरी र थाँक्रे गाउँपालिकाको प्रमुखमा काँग्रेसले माओवादीका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ । जसमा बेनीघाटको प्रमुखमा केन्द्रका हरि डल्लाकोटी र उपप्रमुखमा काँग्रेसका देवी प्रसाद सिलवालले उम्मेदवारी दिएका छन् । उता, गजुरीमा माओबादी केन्द्रका गणेशलाल श्रेष्ठ गाउँपालिका प्रमुख र काँग्रेसकी शर्मिला विसुरालले उपप्रमुखमा उम्मेदवारी दिएकी छन् । 

 

त्यस्तै, थाँक्रे गाउँपालिकामा माओवादी केन्द्रबाट जीन्दगी थापाले गाउँपालिका प्रमुख र काँग्रेसका रामकुमार लामा गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएको र दुई पार्टीबीच यी गाउँपालिकामा एकअर्काले साझा उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको श्रेष्ठले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ