काठमाडौं । सरकारले सशस्त्र प्रहरीका तीन जना डिआईजीलाई एआईजीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन जना डिआईजीलाई एआईजीमा बढुवा गरेको हो ।
सरकारले यस अघि बढुवा समितिले गरेको सिफारिस अनुसार नै सरकारले पुष्पराम केसी, नारायण बाबु थापा र रामशरण पौडेललाई बढुवा गरेको हो ।