हुम्लामा पनि काँग्रेसका उम्मेदवार निर्विरोध, ६ नं वडामा प्यानलै विजयी
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
447
Shares
हुम्ला। हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको वडा नं.६ मा नेपाली काँग्रेसको पुरै प्यानल निर्विरोध निर्वाचित भएको छ । नेपाली काँग्रेस बाहेक अरुको उम्मेदवारी नपरेपछि वडा अध्यक्षमा पाल्जोर तामाङ सहित खुला वडा सदस्यमा कुन्जोग ओब्जाग तामाङ, करजिन लामा र महिला सदस्यमा छिरिङ योकी तामाङ निर्विरोध निर्वाचित भएका हुन्।
जिल्लाको खार्पुनाथ गाउँपालिकाको वडा नं.१ को महिला सदस्यमा पनि नेपाली काँग्रेसकी मोतीउ बुढा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृतलाई उधृत गर्दै प्रमुख जिल्ला अधिकारी धनिप्रसाद शर्मा पौडेले जानकारी दिए ।