निर्वाचन बिथोल्न खोज्नेलाई कस्न यस्तो छ डीआइजी भण्डारीको ट्रिक
प्रकाशित २०७४ वैशाख २० बुधबार
181
Shares
काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियालाई खलल पुर्याउन गर्नसक्ने गतिविधिप्रति विशेष निगरानी गर्ने भएको छ ।
परिसरका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी बमबहादुर भण्डारीले भने, ‘महानगरीय प्रहरी, ३ वटा परिसर र यी अन्तर्गतका प्रभाग, वृत्त गरी सबै तहमा भएको संयन्त्रले ल्याएको जानकारीका आधारमा लियरहरु पत्ता लगाइन्छ । लियर पत्ता लागेपछि त्यही अनुसार सादा पोसाक वा युनिफर्मको जनशक्ति परिचालन हुन्छ ।’
पहिले जानकारी संकलन हुन्छ, उनले अगाडि भने, ‘त्यो जानकारीको भेरिफाइ भएपछि रेकर्ड हरेर काम अघि बढाइन्छ ।’ बाहिर आएका जानकारीहरुको छुट्टै विश्लेषण हुन्छ । भित्रि रुपमा आएका जानकारी र रेकर्डको त्यही अनुसार भेरिफाइ हुन्छ । चुनाव विथोल्न खोज्ने कोही उम्किदैनन् ।
डीआइजी भण्डारीले पछिल्लो समय विकसित घटनाक्रमप्रति चनाखो भई सुरक्षा योजना निर्माण तथा कार्यान्वयन गर्न मातहतलाई भनेका छन् । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र केही अन्य संगठनहरुलाई सुरक्षा चुनौतीका रुपमा परिभाषित गरेको छ ।