arrow

चुनावको लागि ७ दिन स्कूल विदा गर्न निर्वाचन आयोगको आग्रह

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
election-local-2017.jpg

काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने प्रदेशका विद्यालयलाई यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा दिने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ । 


आयोगको आज बसेको बैठकले पहिलो चरणको निर्वाचनलाई दृष्टिगत गरी प्रदेश नं ३, ४ र ६ का सबै विद्यालयलाई सात दिन र मतदान हुने वैशाख ३१ गतेका दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । 


स्थानीय तहको निर्वाचनको अधिकांश मतदानस्थल र मतदान केन्द्र विद्यालयमै कायम गरिएकाले निर्वाचनको तयारीका सिलसिलामा विद्यालयको पठनपाठन सात दिन रोक्नु परेको हो । 


बीस वर्षपछि स्थानीय सरकार गठनका लागि हुन लागेको स्थानीय तहको निर्वाचनको महाअभियानलाई सफल तुल्याउन सबै क्षेत्र, तह र तप्काबाट सहयोग हुने आयोगले विश्वास लिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ