मेयरका उम्मेदवार जोशीले भने 'एमालेले महिला अधिकार खोस्यो'
प्रकाशित २०७४ वैशाख २० बुधबार
641
Shares
काठमाडौं । नेपाली काँगेसबाट मेयरका उम्मेदवार राजुराज जोशीले एमाले र राप्रपाले महिलाहरुको संवैधानिक अधिकार खोसेको आरोप लगाएका छन । लगन चोकमा बुधवार वडा नं २१ को नेपाली काँगेसबाट उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा उनले हार्ने डरले धर्म नमान्ने एमाले र हिन्दुवादी राप्रपाले अपवित्र गठबन्धन गरी महिलाहरुको संवैधानिक अधिकार खोसेको आरोप लगाएका हुन्।
मेयर उमेदवार जोशीले भने “महिला अधिकार कुरा गर्ने अनि पाएको अधिकार पनि खोस्ने ?” उनले उनीहरुको छद्म भेषलाई बुझ्न सबैलाई आग्रह समेत गरे । उपमेयरका उम्मेदवार हरिप्रभा खड्गी श्रेष्ठले पनि एमाले र राप्रपाले मेयर र उपमेयरका लागि महिलाहरुले पाएको अधिकार खोसेर आरोप लगाइन् ।
कार्यकममा सांसद ध्यान गोविन्द रन्जित लगाएतका वक्ताहरुले स्थानीय निर्वाचनमा नेपाली काँगेसलाई अत्याधिक मतले विजय गराउन सबैलाई आग्रह गरे । कार्यक्रममा वडा नं २१ को नेपाली काँगेसबाट उम्मेदवार भएका वडा अध्यक्ष गोविन्द रन्जित, वडा महिला सदस्य शान्ति कर्माचार्य, वडा सदस्य नरेन्द्र मानन्धर र जगदिश नेपालीलाई वडावासी माझ परिचय समेत गराईएको थियो ।