काठमाडौं । नेपाली काँगेसबाट मेयरका उम्मेदवार राजुराज जोशीले एमाले र राप्रपाले महिलाहरुको सवैधानिक अधिकार खोसेको आरोप लगाएका छन ।
लगन चोकमा बुधवार वडा नं २१ को नेपाली काँगेसबाट उम्मेदवारहरुको परिचयात्मक कार्याकममा उनले हार्ने डरले धर्म नमान्ने एमाले र हिन्दुवादी राप्रपाले अपवित्र गठबन्धन गरि महिलाहरुको सवैधानिक अधिकार खोसेको आरोप लगाएका हुन्।
मेयर उमेदवार जोशीले भने “महिला अधिकार कुरा गर्ने अनि पाएको अधिकार पनि खोस्ने” उनिहरुको छदम भेषलाई बुझन सबैलाई आग्रह समेत गरे ।
उप मेयरका उम्मेदवार हरिप्रभा खड्गी श्रेष्ठले पनि एमाले र राप्रपाले मेयर र उप मेयरका लागि महिलाहरुले पाएको अधिकार खोसेर आरोप लगाइन ।
कार्यकममा सांसद ध्यान गोविन्द रन्जित लगाएतका वक्ताहरुले स्थानिय निर्वाचनमा नेपाली काँगेसलाई अत्याधिक मतले विजय गराउन सबैलाई आग्रह गरे ।
कार्यक्रममा वडा नं २१ को नेपाली काँगेसबाट उम्मेदवार भएका वडा अध्यक्ष गोविन्द रन्जित, वडा महिला सदस्य शान्ति कमार्चाय, वडा सदस्य नरेन्द्र मानन्धर र जगदिश नेपालीलाई वडावासी माझ परिचय समेत गराईएको थियो ।