महाभियोग विरुद्धको मुद्दा दर्ता, बिहीबारको लागि तोकियो पेशी
प्रकाशित २०७४ वैशाख २० बुधबार
396
Shares
काठमाडौं । प्रधान न्यायाधीस सुशीला कार्की माथि लगाईएको महाभियोग विरुद्ध मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सो मुद्दा सर्वोच्च अदालतले दर्ता गरी बिहीबारको लागि पेशी तोकिएको छ ।
अधिवक्ता सुनील रञ्जन सिंहले दायर गरेको रिट बुधबार सर्वोच्चले दर्ता गरेको सिंहले जानकारी दिए । आज ०७३–WO–११७० मार्फत रिट दर्ता भएको छ उनले भने सोको पेशी भोलिलाई तोकिएको छ ।
नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबार, नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय, सिंहदरबार र व्यवस्थापिका संसद् सचिवालय समेतलार्इ विपक्षी बनार्इएको मुद्दामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश माथि मुद्दाको फैसला र विचाराधीन मुद्दालाई समेत टेकेर व्यक्तिगत चरित्र हत्या हुने गरी महाअभियोग दर्ता गराईको विषय वस्तु नेपालको संविधानको प्रस्तावना, संविधानको धारा १६९१०, १७९१०, १०१९२०, १०५, १२६९१०९२०, १२८९४०, को उलघंन भएको उल्लेख गरिएको छ ।