arrow

विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाइदै 

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
FNJ-logo.jpg.jpeg

काठमाडौं । बुधबार मे ३ तारिख । यसै दिन विश्व प्रेस स्वतन्त्रता दिवस । सन् १९९३ देखि संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि हरक वर्ष मे ३ तारिखमा यो दिवस मनाइने गरिन्छ । 

नेपालमा पनि प्रेस स्वतन्त्रताको अवसरमा विभिन्न कार्यक्रम भइरहेका छन् । बिहान 
काठमाडौंसहितका अन्य ठाउँमा प्रभातफेरी निकालियो । 

नेपाल पत्रकार महासंघले काठमाडौंको बानेश्वरदेखि माइतीघर मण्डलासम्म प्रभातफेरी निकालेको हो । 

उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्टले नेपालमा अझै पनि प्रेस स्वतन्त्रता हननका घटनामा कमी नआएको बताए । 

उनले पत्रकारहरुको हकहितका लागि राज्य गम्भिर नबनेकोसमेत आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ