arrow

काठमाडौं १६ वडाका प्रत्यासी मुकुन्द भन्छन हर नागरिकको सुख दुखमा एकाकार हुन्छु

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
mukunda-rijal.jpg

काठमाडौं । स्थानिय तहको निर्वाचनको मनोनयनसँगै राजनीतिक दल तथा स्वतन्त्र हैसियतमा उमेद्वार भएकाहरु आ आफ्नो क्षेत्रमा मतदातामाझ पुग्न थालेका छन्। पहिलो चरणको मतदान हुने प्रदेश नम्वर ३, ४ र ६ मा उत्साहपूर्वक मननोयन भएपछि चुनावमा वाधा पर्नेहोकी भन्ने आशंका पनि हटेको छ। विभिन्न आशंकाहरुलाई मेट्दै उमेद्वारहरु यतिखेर दिनरात नभनी मतदाताकहाँ आफ्ना कुरा राख्न र मत माग्न पुगिरहेका छन्। 

राजधानी काठमाडौं र देशकै सबैभन्दा पुरानो महानगर काठमाडौं महानगरपालिकामा पनि चुनावी रौनक वढेको छ। उमेद्वारहरु आआफ्नो पक्षमा मतदाता पार्न व्यक्तिगत स्तरमा र पार्टीगत तहमा मोर्चामा खटिएका छन्। महानगरको ठूलो वडामा गनिने वडा नम्वर १६ मा यतिखेर सबै राजनीतिक दलका उमेद्वारहरु मैदानमा मत माग्न व्यस्त छन्। काठमाडौं क्षेत्र नम्वर ७मा पर्ने वडा नम्वर १६मा यसअघी एमालेले जित्दै आएङ्को क्षेत्र हो। लामोसमयसम्म १६ वडाको वडाध्यक्ष रहेका रामवीर मानन्धर यसै क्षेत्रबाट एमालेका सांसद निर्वाचित भए। यस हिसावले पनि एमाले आफू यहाँ वलियो रहेको दावी गर्दै आएको छ । 

यसै वडाबाट अध्यक्षका लागि काँग्रेसबाट प्रत्यासी भएका मुकुन्द रिजाल भन्छन, ' स्थानिय राजनीति फेरिएको छ । स्थानिय मतदाताले परिवर्तन चाहेका छन्। आफ्नो क्षेत्रमा महशुस हुने गरि विकास चाहेका छन्। '  पार्टी विशेषका एकै व्यक्ति वडा अध्यक्ष र सांसद हुँदा पनि स्वभाविक रुपमा भएको विकास बाहेक फरक महशुस हुने गरि यस क्षेत्रमा केहि हुन सकेको नसकेको रिजालले सुनाए। उनले भने विभिदताले भरिएको वडा नम्वर १६मा रहेको सांस्कृतिपन, यसै क्षेत्रमा रहेको औद्योगिक क्षेत्र लगायत वडाको विकास र प्रवर्द्धनमा लाग्ने आफ्नो कार्ययोजना रहेको बताए। वडाको विकासको लागि आफूसँग नविन सोचहरु रहेको र त्यसलाई पुरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने उनले बताए। 

चुनावी प्रचारको व्यस्त समयका बीच उनले भने नागरिकको सुखदुखमा एकाकार भएर काम गर्छु। उनले भुकम्प आएपछिका उद्धार राहतमा खटिएको दिनहरु सम्झदै भने मतदाताहरुले पनि काम गर्ने मान्छे चिन्नुभएको छ। उहाँहरुले आफूजस्तो काम गर्ने मानिसलाई वडा अध्यक्षको जिम्मेवारी दिएर पठाउनेमा विश्वस्त रहेको बताए । अबको ५ बर्षसम्म वडा विभिन्न टोल तथा यस क्षेत्रमा बस्ने नागरिकको हक हितका पक्षमा काम गर्नेगरि आफू लागेको उनले बताए। मानवअधिकारवादीको समेत परिचय बनाएका रिजाल काठमाडौं काँग्रेस क्षेत्र नम्वर ७का क्षेत्रीय सभापति पनि हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ