जुम्लामा देउवाको पुत्ला जल्यो, टिकट वितरणमा हस्तक्षेप गरेको झोंक
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
574
Shares
जुम्ला । जुम्लामा चन्दननाथ नगरपालिकोको प्रमुख तथा उपप्रमुख पदको उम्मेद्वार छनोटमा हस्तक्षेप गरेको भन्दै कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।
चन्दननाथ नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदमा नेपाली काँग्रेसको उम्मेदवार छनोट गर्ने निर्णायक समितिको बैठकको निर्णय विपरीत टिकट वितरणको जिम्मा पाएकी केन्द्रीय सदस्य लक्ष्मी परियारले केन्द्रीय सभापतिको निर्देशनमा अलोकतान्त्रिक शैलीमा टिकट वितरण गरेको भन्दै जुम्ला काँग्रेस विज्ञप्ति समेत निकालेको छ ।
कार्यकर्ताले देउवाविरुद्ध नारावाजी गर्दै पुत्ला जलाएका हुन् । स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताकै दिन काँग्रेस कार्यकर्ताले पुत्ला दहन गरे ।