arrow

काँग्रेसले  खाता खोल्यो, मनाङबाट विजयी सुरुवात

सबै वडाध्यक्ष पनि निर्वरोध

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
congress-flag1.jpg

मनाङ।  नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा खाता खोलेको छ । उम्मेदवारी मनोनयनकै दिन नेपाली काँग्रेसका उम्मेदवार मिङमर छिरिङ लामाले मनाङको नार्फु गाउँपालिकामा निर्विरोध निर्वाचित भएको  निर्वाचन अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिए । 

 

उनका अनुसार कूल ५ वटा वडा रहेको सो गाउँपालिकामा ५ वटै वडाध्यक्ष समेत काँग्रेसका उम्मेदवारहरु निर्विरोध भएका छन् । उपाध्यक्षमा भने दुर्इजनाको उम्मेदवारी परेको छ । 


सोमबार तोकिएको समयावधिभित्र कसैले पनि उम्मेदवारी नदिएपछि उनी सर्वसम्मत चुनिएका हुन् । हिमालपारीको जिल्लाको रुपमा रहेको मनाङको नार फू गाउँपालिकामा नेपाली कांग्रेसका मिङमर छिरिङ लामा निर्विरोध निर्वाचित भएका हुन् । कूल ३ वटा वडा रहेको उक्त गाउँपालिकाको अध्यक्षमा अरु कसैको उम्मेदवारी मनोनयन दर्ता नभएपछि लामा निर्विरोध भएका हुन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ