arrow

दोस्रो चरणको निर्वाचनमा मधेस केन्द्रीत सबै दल भाग लिने

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनमा सबै मधेश केन्द्रीत दलहरुले निर्वाचनमा भाग लिने बताएका छन् ।

काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार दर्ता गराउन राष्ट्रिय सभागृह पुगेका यादवले संचाकर्मीसँग दोस्रो चरणको निर्वाचनमा मधेश केन्द्रित सबै दलले भाग लिने प्रष्ट्याए ।

यादवले मधेशी मोर्चामा आवद्ध दल र आफूहरुले नेतृत्व गरेको संघीय गठबन्धन मिलेर आफूहरुको अधिकार प्राप्तीको आन्दोलनलाई सफल बनाई छोडने घोषणा समेत गरे । मधेशी मोर्चा र संघीय गठबन्धनबीचको सहकार्य झनै बलियो भएर गएको पनि यादवको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ