भरतपुर महानगरमा काँग्रेसबाट दिनेश कोइराला, उपमेयरमा पार्वती शाह
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
671
Shares
काठमाडौं । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको लागी काँग्रेसले दिनेश कोइरालाको नाम टुङगो लगाएको छ। कॉगेसले उपमेयरको लागी पार्वती शाहलाई चुवावी मैदानमा पठाउने भएको छ।
बैशाख ३१ गते देशका अन्य ३ वटा महानगरपालिका सहित भरतपुर महानगरपालिकामा पहिलो चरणमा चुनाव हुँदैछ। चितवनको भरतपुर महानगरपालिका सहित रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका मा समेत काग्रेसले उमेद्वारको टुङगो लगाएको छ। कॉग्रेसले रत्ननगर नगरपालिकामा प्रमुखको लागी रुपनराज घिमिरे र उपप्रमुखको लागी नीता ढकाल चुनावी मैदानमा पठाउदै छ।
खैरहनी नगरपालिका प्रमुखको लागी राजेन्द्र प्रसाद चौधरी र उपप्रमुखमा शुसिला उप्रेती काग्रेसको तर्फबाट मेयरको प्रत्यासी बनेका छन् । कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा काङग्रेसबाट रामजी कुँवर मेयरका उमेद्रवार बन्ने भएका छन भने उपमेयरमा सरस्वती गुरुङ भिड्दै छिन।