काठमाडौं । आईतबार मुलुकमा ठूलाठूला ६ वटा राजनीतिक घटनाहरु घटे । सुरुवातमा राप्रपाका १३ जनासांसद् बेपत्ता भएको समाचारबाट सुरु भएको राजनीतिक सरगर्मी प्रधानन्यायाधीसको महाभियोग हुँदै गृहमन्त्रीको राजीनामा लगायतका मुद्दाहरुमा पुगेर टुङ्यिो । यी सबै घटना राजनीतिमा भईरहन्छन् यसबारे धेरैले खासै टिप्पणी गरेनन् । धेरैे टिप्पणी २० वर्ष पनि हुन लागेको स्थानीय तहको निर्वाचनसँग जोडिएर सुरु भएको छ ।
महाभियोग लगाएर प्रतिपक्षीलाई चिढ्याउनु, सँगै गृहमन्त्रीले राजीनामा दिनु र सरकारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारबाट बाहिरिने घोषणा गरेसँगै स्थानीय निर्वाचन छायाँमा परेको भन्दै धेरैले आश मारिसकेको अवस्था छ ।
तर, सो विषयमा निर्वाचन आयोग भने निर्वाचन हुनेमा ढुक्क छ । निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले निर्वाचनको मनोनयनको रोक्ने विषयमा कुनैपनि कुरा नआएको भन्दै पूर्व निर्धारित कार्यतालिका अनुसार १९ बैशाखमा मनोनयन हुने र निर्वाचन दुई चरणमा नै हुने पक्कापक्की भएको स्पष्ट पारे ।
उनले निर्वाचनको विषयमा कुनै पनि शंका उपशंका गर्नु आवश्यक नरहेको भन्दै तोकिएको मितिमा नै निर्वाचन हुनेमा ढु्क्क हुन सबै समक्ष आग्रह गरे । निर्वाचन आयोगले बैशाख १९ गतेको लागि पहिलो चरणको निर्वाचनकाे मनाेनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ ।