सुशीलाको इजलासले गर्यो सुडान काण्डका ५ जनालाई कारबाहीको फैसला
प्रकाशित २०७४ वैशाख १७ आइतबार
883
Shares
काठमाडौं । प्रधानन्यायाधीस सुशीला कार्की र न्यायाधीस विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासले सुडान काण्डका आरोपी ५ जनालाई कैद फैसला सुनाएको छ । आईतबार बसेको संयुक्त इजलासले सुडान घोटाला काण्डमा विशेष अदालतले गरेको फैसला सदर गर्दै सर्वोच अदालतले पूर्व आइजीपीहरू ओमविक्रम राणा, हेमबहादुर गुरूङ र रमेशचन्द ठकुरी तथा माइकल राइडर र शम्भु भारती दोषी ठहर सहित विगो तथा कैद सजाय सुनाएको हो ।
प्रधान न्यायाधीस कार्कीले यस्तो फैसला गर्दैगर्दा उनी विरुद्ध भने व्यवस्थापिका संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भईरहेको थियो । महाभियोग दर्ता भएसँगै स्वतः निलम्बनमा पर्ने नजीर तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाभियोगमा पनि देखिएकोले उनको यो फैसला सम्भवतः महाभियोगको टुंगो नलागेसम्मको लागि अन्तिम रहेको चर्चा पनि सुरु हुन थालिकसको छ ।
कार्कीले ५ जना विरुद्ध आईतबार कैद फैसला गरे पनि बाँकी व्यक्तिहरुको मुद्दामा फैसला नगर्दै महाभियोग लागेको हो ।