युवा संघको सभामा गएको जीप दुर्घट्ना, एकको मृत्यू, ९ घाईते
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ वैशाख १६ शनिबार
205
Shares
स्याङ्जा। नेकपा (एमाले) को भातृ संगठन युवा संघ स्याङ्जाले बिरुवा अर्चले गाउँपालिकाको बिरुवामा आयोजना गरेको चुनावी सभामा सहभागि हुन जानेक्रममा जिप दुर्घट्नामा परेको छ । दुर्घट्नामा परी एक जनाको मृत्यु भएको छ भने ३ जना सक्त घाईत र ६ सामान्य घाईते भएका छन् ।
ओरष्टेबाट बिरुवा तर्फ जाँदै गरेको ग १ ज ५४४३ नंम्बरको जीप दुर्घटना हुँदा बिरुवा अर्चल ४ निवासी वर्ष ३१ का बेलबहादुर थापाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा परि सक्त घाईते भएका ३ जनाको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।
दुर्घटनामा परि सक्त घाईते हुनेमा बिरुवा अर्चले ४ बस्ने वर्ष १४ बिन्दुकुमार थापा, वर्ष ३५ की माया थापा, वर्ष ५९ का कर्णबहादुर थापा र वर्ष ६० को पदमबहादुर थापा रहेका छन् । उनीहरुको टाउको, पेट, ढाड लगाएका शरिरीकका विभिन्न भागमा गहिरो चोट लागेको अस्पताल श्रोतले जनाएको छ ।
समान्य घाईते ६ जनाको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा परेको जीपका चालक फरार भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ग्रामीण सडकमा गुडेको जीप अनियन्त्रित भएर दुर्घटना भएको हो । फरार चालकको खोजीकार्य तिव्र पारिएको प्रहरीले जनाएको छ ।