नेपालमा धर्मको नाममा डरलाग्दो बौद्धिक आतंक भईरहेको छ : उपप्रधानमन्त्री थापा
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ वैशाख १६ शनिबार
782
Shares
हेटौंडा । उपप्रधान तथा स्थानीय विकास मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले विदेशी प्रभाव बढेकोले नेपालमा हाल धर्मको नाममा डरलाग्दो बौद्धिक आतंक सिर्जना भएको बताएका छन् ।
शनिबार राप्रपा मकवानपुरद्वारा आयोजित जिल्लाको प्रवुद्घ व्यक्तिहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै यसो बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री थापाले थप प्रसंगमा नेपालमा योजनाबद्ध ढंगले हिन्दु धर्मको, संघीयताको नाममा बौद्धिक आतंक भईरहेको भन्दै यसलाई गम्भीरताका साथ लिनु पर्ने बताए ।
उनले अहिलेको अवस्थामा मधेशका मुद्घालाई मूल्याङ्न गरी मधेशी दललाई समेटनु पर्ने भन्दै राष्ट्रियसभामा स्थानीय तहका प्रतिनिधिले समेत भोट हाल्न पाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य दिपकबहादुर सिंह, सांसद गणेश थापा लगाएत मकवानपुरका बुद्धिजीवीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रम राप्रपाका तर्फबाट हेटौँडा उपमहानगरपालीकाका मेयरका उम्मेदवार मधु अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।