arrow

पहिलो चरणको निर्वाचनमा काठमाडौं उपत्यकामा अध्ययन अनुमति

logo
प्रकाशित २०७४ वैशाख १६ शनिबार
kathmandu-mahanagarpalika-metro.png

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि नेपालस्थित विदेशी कूटनीतिज्ञहरूलाई काठमाडौँ उपत्यकामा अध्ययन भ्रमणको व्यवस्था गरिएको र दोस्रो चरणको निर्वाचनका लागि पछि निर्णय गरिने जनाएको छ।


आयोगद्वारा आज ललितपुरमा आयोजित नेपालस्थित विदेशीस्थित कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको अन्तक्र्रियामा यस्तो जानकारी दिइएको हो।


स्थानीय तह निर्वाचनको तयारी र निर्वाचन व्यवस्थापनलगायतका विषयमा जानकारी दिन आयोजित अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४९ वटा राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति प्रदान गरिएको जानकारी दिए।


उनले नेपालस्थित कूटनीतिक नियोग र विकास संस्थाका प्रमुख तथा साझेदार संस्थालाई काठमाडौँ उपत्यकामा भ्रमण अध्ययनका लागि स्वागत गरिने बताए।


आयुक्त इला शर्माले यो स्थानीय तह निर्वाचन भएकाले राष्ट्रिय पर्यवेक्षकलाई पर्यवेक्षणको अनुमति दिइएको छ र नेपालमा रहेका विदेशस्थित कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिलाई काठमाडौँ उपत्यकामा मात्रै अध्ययन भ्रमणको व्यवस्था गरिएको स्पष्ट पारे।


सहभागी केही विदेशीले पहिलो चरणमा उपत्यकाभित्र र दोस्रो चरणमा कहाँ जाने व्यवस्था हुन्छ भन्ने चासो व्यक्त गरेपछि आयुक्त शर्माले यस विषयमा आयोगबाट पछि निर्णय हुने बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ