arrow

बागलुङमा एक लाख ५६ हजार ८ सय २ मतदाता, पुरुष भन्दा महिला धेरै

logo
नारायण रिजाल,
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
baglung_district.png

बागलुङ। यही बैशाख ३१ गते हुन गै रहेको स्थानिय तहको निर्वाचनमा बागलुङमा कुल  १ लाख ५६ हजार ८ सय २ मतदाता रहेका छन। जिल्लामा पुरुष भन्दा महिला बढि रहेको तथ्याङक रहेको छ। जस मध्ये पुरूष ७३ हजार ९ सय ६३, र  महिला ८२ हजार ८ सय ३९ जना रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास चन्द्र पौडेलले जानकारी दिए। पुरुषको तुलनामा महिला ८ हजार ८ सय ७६ जना बढी रहेका छन्। 

 

रोजगारीको शिलशिलाा युबाहरु बिदेशीय पछि अहिल महिला मतदाता संख्या बढि रहेको छ । बागलुङमा ४ बटा नगरपालिका र ६ बटा गाउँपालिकाकोमा स्थायिन तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारी तिब्र बनाएको छ। निर्वाचन कर्याालय  हरेक गाउँ गाउँमा फोटो सहितको मतदाता नामावली संकलन गरेको कारणले पनि बागलुङ पुरूष भन्दा महिला मतदाता बढी भएको जनाईएको छ।


बैदेशिक रोजगारको लागि बागलुङ जिल्ला बाट युवा जनशक्ति बिदेश गएको कारणले फोटो सहितको मतदाता सुचिमा फोटो खिचाउन नपाएको कारणले पनि पुरूष मतदाता कम भएको निर्वाचन कार्यालयले जनाएको छ।  स्थानियत तहको निर्वाचनका लागि बागलुङका १० ओटै गाउँपालिका नगरपालिकामा निर्वाचन आयोगको कार्यालय स्थापना गरि काम आगाडि बढाईएको छ । जिल्लामा १ सय ३ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र (बुथ) राखिने जिल्ला निर्वाचन अधिकृत पौडेलले बताए। निर्वाचनका लागि  सुरक्षा निकाय बाहेक करिब १७ सय ४६ जनशक्ति खटिने छन। निर्वाचनमा १४ दलले भाग लिने र हाल सम्म युनाईटेड ग्रिन अर्गनाईजेशन भन्ने दलले निर्वाचन दर्ता नगरेका कारण यदि तोकिएको समयममा नआएमा सो दलले भाग लिन नपाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।


जिल्लामा सबै गाउँपालिका र नगरपालिकामा कुल ४ सय ६९ जना जनप्रतिनिधि छानिनेछन। प्रत्येक नगरपालिका, गाउँपालिकामा १ जना प्रमुख, १ जना उपप्रमुख छानिनेछन त्यसैगरी प्रत्येक वडामा १ जना वडा अध्यक्ष २ जना खुल्ला सदस्य, १ जना महिला खुल्ला सदस्य, र १ जना दलित महिला सदस्य निर्वाचित हुनेछन। निर्वाचित सदस्य बाट पुन ५ जना महिला नगरकार्यपालिकामा सदस्यका लागि पुन निर्वाचन गर्नपर्ने हुन्छ। त्यसै गरी दलित र अल्प संख्यक गरी ३ जना पनि निर्वाचन प्रक्रियाबाट नै छानिने छ। 


बागलुङ नगरपालिकाको ३४ हजार ५ सय २८ मतदाता मध्य महिला १८ हजार ५ सय ५१ जना र पुरूष १५ हजार ९ सय ७७ जना मतदाता रहेका छन। त्यसैगरी गलकोट नगरपालिकाको २० हजार १ सय १९ मतदाता मध्य महिला मतदाता १० हजार ८ सय ४ जना पुरूष मतदाता ९ हजार ३ सय १५ जना रहेका छन।  जैमुनि नगरपालिकाको २१ हजार २ सय ६७ मतदाता मध्ये महिला मतदाता ११ हजार २ सय ५४ जना र पुरूष मतदाता १० हजार १३ जना रहेका छन। ढोरपाटन नगरपालिकामा भने जनसंख्या कम रहेको छ।  ११ हजार ९ सय ९० जना मतदाता मध्ये महिला मतदाता ६ हजार १ सय ९६ जना र पुरूष मतदाता ५ हजार ७ सय ९४ जना रहेका छन्।


जिल्लाको ६ बटा गाउँपालिका मध्ये काँठे खोला गाउ पालिकाको कुल मतदाता १७ हजार ६ सय ७ जना मध्ये महिला मतदाता ९ हजार ४ सय ९६ जना र पुरूष मतदाता ८ हजार १ सय ११ जना तमान गाउँ पालिकाको ५ हजार ९ २८ मतदाता मध्ये महिला मतदाता ३ हजार २५ जना र पुरूष मतदाता २ हजार ९ सय ३ जना तारा गाउँ पालिकाको ७ हजार २ सय २५ मतदाता मध्ये महिला मतदाता ३ हजार ७ सय ९७ जना पुरूष मतदाता ३ हजार ४ सय २८ जना मतदाता रहेका छन् ।यसै गरि निसी गाउँ पालिकाको १२ हजार १ सय ९७ जना मतदाता मध्ये महिला मतदाता ६ हजार २ सय ८४ जना पुरूष मतदाता ५ हजार ९ सय १३ जना बरिगाड गाउँ पालिकाको १७ हजार २ सय २७ मध्ये महिला मतदाता ८ हजार ९ सय ५ जना पुरूष मतदाता ८ हजार ३ सय २२ जना रहेका छन्। बरेङ गाउँ पालिकाको मतदाता ८ हजार ७ सय १४ जना मध्ये महिला मतदाता ४ हजार ५ सय २७ जना र पुरूष मतदाता ४ हजार १ सय ८७ जना मतदाता रहेका छन्।


४ बटा नगरपालिका र ६ वटा गाउँ पालिका सबैमा पुरूषको भन्दा महिला नै बढी मतदाता रहेको निर्वाचन कार्यालयका प्रमुख पौडेलले जानकारी दिए । 

 

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ