arrow

उम्मेदवार जिताउन कालिकोट कांग्रेस एक हुदै

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
kalikot-district-congess-tree.png

कालिकोट। कालिकोट कांग्रेसले स्थानीय तहमा आफ्ना उम्मेदवार जिताउनका लागि एक भएर अघि बढ्ने निर्णय गरेको छ। गुटले गर्दा चुनावमा आफ्ना उम्मेदवारको बिरुद्धमा गतिविधि गर्ने पुरानै रोग रहेको कांग्रेसमा कालिकोटमा भने यो रोग भित्रन नदिने निर्णय गरेको हो।


जिल्लामा रहेका तीन वटा नगरपालिका र ६ वटा गाउँपालिकामा आफ्ना उम्मेदवारलाई अत्याधिक बहुमतले जिताउन एकढिक्का भएर अघि बढ्ने सबैले प्रतिवद्धता जाहेर गरेका छन्। नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजङग शाही, निवर्तमान सभापति काली सहकारी ,पार्टी सभापति हर्ष बम, नेता मोतिराज बम, सहसचिव दमन शाही लगायतका जिल्लाका सक्रिय र केन्द्रमा महत्वपूर्ण भूमिकामा रहेका सबै नेताहरुले एक मत भएर अघि बढ्ने बताएका हुन्। 

 

कालिकोट जिल्लालाई सुन्दर र संमृद्ध बनाउने जिल्लाका सबै भूभागलाई सडक संचालमा जोड्न पहल गर्ने समेत निर्णय गरेको छ। तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पालामा ३१ वर्ष पछि परीक्षण उडान भएको सुनथराली विमानस्थललाई तुरुन्तै नियमित उडानका लागि कालिकोट कांग्रेसले पहल गर्ने भएको छ। त्यस्तै विद्युत, जडिवुटी, पर्यटन क्षेत्र, स्वास्थ, शिक्षा,सँस्कृतीको संरक्षणमा समेत कांग्रेसले नेतृत्व लिने जनाएको छ।

 

कर्णालीको मुलद्वार कालिकोट भएकोले समग्र कर्णाली क्षेत्रको विकासको नेतृत्व र अगुवाइ कांग्रेसले गर्नुपर्ने  तरुण महासचिव भुपेन्द्रजंग शाहीले बताए। कालिकोटमा स्वच्छ खानेपानीको व्यवस्थापना, पर्यटन क्षेत्रको विकास र सडक संजालको विस्तार गर्न आफूहरुले  विशेष भुमिका खेल्न जिल्लाव्यापी अभियान संचालन गर्नुपर्ने  कालिकोट कांग्रेस सहसचिव दमन शाहीको भनाइ छ। 


कांग्रेसबाट रास्कोट नगरपालिका र पलाता गाउँपालिकाको उम्मेदवार सर्वसम्मत रुपमा चयन भएका छन् भने अन्य सात वटा स्थानीय तहमा उम्मेदवार छनौटको अन्तिम तयारी भइरहेको सहसचिव शाहीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ