स्थानीय तहको दैलो उघार्ने बेला भयो, सपथ खाने कानून बल्ल प्रधानमन्त्री कार्यालयमा
प्रकाशित २०७४ वैशाख १३ बुधबार
532
Shares
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको लागि बैशाख र जेठको ३१ गतेको लागि मिति तोकेसँगै बैशाख ३१ गतेको केही दिनमा नै स्थानीय तहमा नयाँ जनप्रतिनिधि आउने छन् । अबको लगभग २०/२२ दिनमा त ३ वटा प्रदेशका स्थानीय प्रतिनिधिहरुले कार्यभार सम्हाल्ने दिन पनि एक महिना पनि छैन ।
तर, जनप्रतिनिधिले स्थानीय तहको दैलो उघार्ने समय आउनै लाग्दा समेत पनि स्थानीय प्रतिनिधिहरुले सपथ खाने स्थानीय शासन ऐन बने बनिसकेको छैन । यो ऐन अहिले द्रूत गतिमा तयार पार्ने भनेर फाष्ट ट्र्याकबाट ऐन तयार पार्नै तयारीमा संसद् सचिवालय रहेको भएपनि सो ऐन अहिले बल्ल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ । कार्यालयका सहसचिव एवं प्रवक्ता दामोदर रेग्मीले विधेयक प्रधानमन्त्री कार्यालयमा नै रहेको जानकारी दिए । उनले अबको केही दिनमा नै सो विधेयक संसद् सचिवालयमा पठाईने जानकारी दिए ।
ऐनको दफा ९३ ले कुनैपनि स्थानीय तहको अध्यक्ष वा प्रमुखले आफू निर्वाचित भएको ७ दिन भित्र सम्बन्धित जिल्ला न्यायाधीससँग सपथ खानुपर्ने व्यवस्था उल्लेख गरेको छ । प्रस्तावित उक्त ऐनमा अध्यक्ष वा प्रमुखले सपथ ग्रहण गरेको सात दिनभित्र उपाध्यक्ष वा उपप्रमुखले पनि अध्यक्ष वा प्रमुख समक्ष पद तथा गोपनीयताको सपथ खानुपर्ने प्रावधान राखेको छ ।
त्यस्तै, जिल्ला समन्वय समितिका अध्यक्षले पनि सोही ढाँचामा जिल्ला न्यायाधीस समक्ष पद तथा गोपनीयताको सपथ खानुपर्ने प्रवधान ऐनले तोकेको छ ।