वैशाख ३१ को चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
543
Shares
काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३१ गते पहिलो चरणमा निर्वाचन हुने दुई सय ६९ स्थानीय तहमा मंगलबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
पहिलो चरणमा निर्वाचन हुने ३, ४ र ६ प्रदेशमा पर्ने ३४ जिल्लाका २६९ स्थानीय तहमा शान्तिपूर्णरूपमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई सञ्चालनमा आएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
दुवै चरणको निर्वाचनका लागि वैशाख ३ गते ७५ जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय भने सञ्चालनमा रहने प्रवक्ता शर्माले प्रष्ट्याए । जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुने १, २, ५ र ७ प्रदेशमा पर्ने ४१ जिल्लाका ४०० स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्नका लागि पछि सूचना गरिने आयोगले जनाएको छ ।